Skip to content

सहमति गर न नेता


कत्ति गर्छौ झगडा सहमति गर न नेता
सधैं नझिक बखडा सहमति गर न नेता

बिकासको निम्त राजनीति गरेको हौ भने
सबैलाई मान्य तगडा सहमति गर न नेता

को छन पराया यहाँ सबै आफ्ना आफ्नै हौँ
सुन्न नपरोस लफडा सहमति गर न नेता

बिदेशीले फाईदा लुट्यो भाइ भाइ लड्दा
फिर्ता गर्नु छ काँगडा सहमति गर न नेता

मिलीजुली खोजेहुन्छ सहमतिको बिन्दु
फेरि नमच्चाऊ रगडा सहमति गर न नेता

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *