Skip to content

घाती रैछौ माया तिमी जातै यस्तै हो कि

BharatTimalsina


घाती रैछौ माया तिमी जातै यस्तै हो कि
धोका भन्ने चिज पो तिम्रो रगतमै छ कि

खोला पनि बग्छ हेर बनाई आफ्नै बाटो
धात दियौ तिम्ले पनि विश्वासको साटो
रैन रैछ भर तिम्रो तिमी पनि रैछौ झेली
सारै बाठी मनमा पसी छुरा रोप्दी रैछौ छली

घाती रैछौ माया तिमी जातै यस्तै हो कि
धोका भन्ने चिज पो तिम्रो रगतमै छ कि

के बाँच्न सकौली र म विना एकपल तिमी
कतिन्जेल खुसी हुन्छौँ भित्री मन रुवाई कुन्नि
फर्की आउनु पर्ला साँच्चै मेरो सम्झनाले तान्ला
कस्को माया कति भनी तिम्रौ हृदयले छान्ला

घाती रैछौ माया तिमी जातै यस्तै हो कि
धोका भन्ने चिज पो तिम्रो रगतमै छ कि ……दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *