बाइक ले’र नआउनू रे, क्याम्पस स्याम्पस जान्न अब
मिनी-इस्कर्ट नलाउनू रे, क्याम्पस स्याम्पस जान्न अब
मिनेटपिच्छे मिस्कल र मेसेज आउँछ आफूलाई
मोबाइल बोक्न नपाउनू रे, क्याम्पस स्याम्पस जान्न अब
बेबीलोनको बंक पार्टी कस्तो मिस भा’छ अचेल
डिस्को-सिस्को नधाउनू रे, क्याम्पस स्याम्पस जान्न अब
नाराबाजी, ढुंगामूढा गर्दै मूल सडकमा
टायरै नजलाउनू रे, क्याम्पस स्याम्पस जान्न अब
जमाना चै फेरिएर कहाँ-कहाँ पुगिसक्यो
ट्रेडीसन जोगाउनू रे ! क्याम्पस स्याम्पस जान्न अब
बाइक लेर नआउनू रे, क्याम्पस स्याम्पस जान्न अब
मिनी-इस्कर्ट नलाउनू रे, क्याम्पस स्याम्पस जान्न अब
(-प्रकाश सापकोटा, ट्रोम्सो/नर्वे)
