Skip to content

आँखाभित्र बस्छ्यौ तिमी

  • by


आँखाभित्र बस्छ्यौ तिमी आकाशकी रानी
मन भित्र अटाउने तिमी कति सानी
आधारातमा भर्न जान्छ्यौ पँधेरीमा पानी
सुनिरहुँ जस्तो लाग्छ तिम्रो कुराकानी

आकाशमा उदाउने पिलपिले नानी
सबैकाम आफैँ गर्ने तिमी कति ज्ञानी
तारा तिम्रो नाउँ कस्ले राख्यो छानी छानी
रात भरी धरतीलाई हेर्छेउ आँखा तानी

साथि सित नचल्नु है मेरो कुरा मानी
भन्न मन लाग्छ मलाई ए ! पिल्पिले नानी !!
टाढाबाट नहेर है आँखा तानी तानी
बस्छु म त सधैँ तिम्रा साथी गनी गनी

२०५९ । ५ ।४

Leave a Reply

Your email address will not be published. Required fields are marked *