(१)
सबै खोज्छन् सपनाकी रानी चुन्नलाई ।
भर्खर बैस चडेकी त्यो सानी चुन्नलाई ।
रुप रङ्ग देखेपछि सबै लठै परी यहाँ
र्बिसिदिन्छन् कठै उस्को बानी चुन्नलाई ।
(२)
सम्मान गरी सधैं उस्लाई नारी भनिन् रे ।
ठुस्कीएर पारी बस्दा आइजो वारी भनिन् रे ।
सधैं भरी अंगालोमा बेरी उसैलाई खाली
म चाँही उस्को प्यारो उस्लाई प्यारी भनिन् रे ।
(३)
तिमी विना मेरो मन खाली भन्दिन् ।
यति राम्री गोरी छौं काली भन्दिन् ।
जान्छौं भने लान्छु अझै कम्बर कस्या छु
तिमी भन्दा नराम्री मेरी साली भन्दिन् ।………दर्पण
