Skip to content


अशान्तिको खबर सुनेँ रुन्छु म त सधैँ
शान्ति छायो हर्षविभोर हुन्छु म त सधैँ

शुभभाव राख्छु मनमा विश्व एकै देख्छु
एउटै तानमा माला सबै बुन्छु म त सधैँ

उच्च शिखर सगरमाथा नेपालीको गौरव
कल्पनामा शिखरलाई छुन्छु म त सधैँ

नेपालमा शान्ति छायो ऐतिहासिक भयो
अशान्तिको आँधी आए थुन्छु म त सधैँ

दृढता र आत्मविश्वास बढाएर मैले
सफलताका क्षणहरू चुम्छु म त सधैँ

सरस्वती शर्मा जिज्ञासु
कुश्मा, पर्वत

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *