हजारौं हजारले छुन चाहेको
लाखौं लाखले हेर्न चाहेको
म हुँ एक उच्च हिमाल
यो देशकोध्र
सौन्दर्यले भरिपूर्ण
मादकले परिपूर्ण
म एक गौरवशाली शिखर हुँ स्वाभिमानीकोध्र
मस्त यौवनकी सुकुमारी जस्तो
धार लगाएको खुकुरी जस्तो
सिन्दूर पोतेले सजिसजाउ
गहना लत्ताले भरिभराउ
म एक आनन्दमय बिहानी हुँ संसारको
ममतामयी आमा जस्तो
सौभाग्यवती दुलही जस्तो
म बहुमूल्य सम्पत्ति हुँ
यो राष्ट्रको
विवशता भनूँ वा कर्म
विडम्बना भनूँ वा मर्म
सबैले कहाँ पाउँछन् चुम्ने अवसर
म हुँ एक सर्वोच्च शिखर
सगरमाथा यो देशको ।
सुशीला दाहाल
मधुपर्क २०६९ साउन
