Skip to content


नेपाल आमा तिम्रो त्यो नाम विश्वमा फैलाउन
गरेर विकास बनाउँछु उर्वर म दिन्न ओइलन

जन्मिए कति जन्मन्छन् कति विज्ञान र विधान
बनाउँछु नेपाल पौरखी हातले विश्वकै उद्यान

मधेसी हामी, पहाडी हामी, हामी नै हिमाली
फरक ठाउँको भाषा भेष एउटै हौँ नेपाली

तराईमा सिँचाइ पहाडमा बाटो हिमाली पानीको
गरेर विकास फैलाउँछु नाम विश्वमा नेपालको

हिमाल तराई पहाड एक भै विकासलाई हाँक्नु छ
पूर्खाका नाम अखण्ड नेपाल बचाई राख्नु छ

रघुनाथ पण्डित
बूढानीलकण्ठ, काठमाडौ
मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *