Skip to content


तिमीलाई के दिउँ उपहार प्रेमदिवसमा,
आऊ दुवै मिली सजाउ संसार प्रेमदिवसमा

माया गर्छु भन्नलाई, भन्छौ तिमी सधैँ
देखाउ आज तिम्रो प्यार प्रेमदिवसमा

मुनामदन, लैला मजनु जस्तै बनी हामी
विश्वासिलो बनाउ आधार प्रेमदिवसमा

दुःखैदुःखको मरुभूमि, आँसु पीडा हटाई
ल्याऊ खुसीको बहार प्रेमदिवसमा

खुसीयालीको उत्सव मनाउ, आज दुवै मिली
गुञ्जियोस् मायाको झङ्कार प्रेमदिवसमा

रश्मी कडरीया विष्ट
– लमजुङ

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *