Skip to content

तीन मुक्तक (बेइमान,मनलाग्यो,खोज्दै छु भाग्य)

।१।
जली रहेछ यो मन।
गली रहेछ यो तन।
यस्तै रहेछ जीवनमा
भाग्य भयो बेइमान ।
।२।

पल पल तिम्रो छेउ पर्न मन लाग्यो ।
झरणाझै केशबाट झर्न मन लग्यो ।
कस्कीछोरीहौ तिमी काँ होला ठेगाना
हुन्छ भने मायाप्रेमको बिउ छर्न मन लाग्यो।

।३।

विदेसमा बसी खोज्दै छु भाग्य ।
टुक्रिएको रहेछ जोड्दै छु भाग्य ।
भत… भत्ति पोल्ने ताप पचाएर
शितलताको मसीले कोर्दै छु भाग्य ।

सनम गोले
दामनम कावनपुर हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *