तस्बीर बोल्छ भन्ठानेर, नियालेर केरिरहेँ,
सुवाश छर्ने मन्द मुस्कान, एकोहोरो बेरिरहेँ ।
नेपथ्यमा तिम्रो झल्को, दिवास्वप्न हो कि तन्द्रा,
कत्ति आश लाग्छ बरै, फर्की फर्की हेरिरहेँ ।
गोधूलिमा ओझेल पर्दै, टाढा तिमी सरे पनि,
नयन यी उघारेरै, मिर्मिरेलाई सेरिरहेँ ।
हरेक चोकको पहरेदार, बन्न थाले आँखाहरू,
पक्कै तिम्लाई पाउँछु भन्दै, तिमीतिरै फेरिरहेँ,
सुवाश छर्ने मन्द मुस्कान, एकोहोरो हेरिरहेँ ।
