Skip to content

आफ्ना सबै लुटिए पनि दुखी छैन शहर


हेर्दा पीडामा उभिए पनि दुखी छैन शहर
आफ्ना सबै लुटिए पनि दुखी छैन शहर

हेर्छन तमासा साराले गर्दैनन केही पनि
साख्य भाई कुटिए पनि दुखी छैन शहर

गन्तब्यको के कुरा बाटै चिन्न गारो छ
हिँडने बाटो भुलिए पनि दुखी छैन शहर

कमाउन मरिहत्ते छ गरेर छल कपट
भ्रस्ट नेता चुनिए पनि दुखी छैन शहर

बिना कसुर निमुखा जन्ता मरेका छन
सहारा कठै चुडिए पनि दुखी छैन शहर

छरिएका छन जहाँ-त्यहीँ बिदेशीका झिरहरू
पाइलैभरि उनिए पनि दुखी छैन शहर

रोचक राई
खुतुम्बु खोटङ
हाल-दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *