Skip to content


सबैको हाई हाई अत्याचार हुन्छ
अत्याचारी नै याँ सदाबहार हुन्छ

कोमल्ता कस्लाई पो बिझाउँथ्यो र
किन ? बार बार उसैमा नै प्रहार हुन्छ

घरबाट निस्कदै गर या फर्कदै
आफ्नै आँगन्मा तिम्रो बलात्कार हुन्छ

लुटेर ऊ ! सत्तामा आसिन भैसक्छ
समाउदैन ! कानुन झन् लाचर् हुन्छ

के नै गर्व गरौ? यस्तो समाजको ‘नि
जहाँ यिनै अनि यस्ता संस्कार हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *