तिमीलाई म के भनुँ
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु भनुँ
फूल फुलेको मौसममा
यो साँझको शीतल वातावरणमा
यो मनलाई कसरी सम्हालुँ म
नपिई बेहोश-बेहोश भएँ म,
कहिले नछुट्ने नशा भनुँ कि
फूल भनूँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु भनुँ
तिमीलाई म के भनुँ
केही झुके-झुकेका नजर
केही बोल्न खोज्दा काँपेका अधर
दुई आँखाका गहिरा तालबिच
नसकी तर्न, डुबें डुबें म
कहिलै नछुट्ने तृष्णा भनुँ कि
फूल भनूँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु भनुँ
तिमीलाई म के भनुँ
शब्द, संगीत – दीपक जंगम
स्वर – नारायण गोपाल
