ताज महल सपनाका, ठडाइदिन्छ सहरले
विकाशसँगै बिकृति, बढाइदिन्छ सहरले
हरेकको नया सपनालाई, मन्त्रमुग्ध गरी
बढावा र घटावा, गराइदिन्छ सहरले
सृजनाको नौलो प्रकाश, खोज्ने बहानामा
बीच सडकमा एक्लो, खडाइदिन्छ सहरले
कसले जित्ने भलै, ठुलो मान्छे किन नहोस्
आगोमा होमिनेलाई, डढाइदिन्छ सहरले
आशाका किरणहरू, देख्न नपाउदै पलभरमा
निर्दोष मानवलाई सुली, चढाइदिन्छ सहरले
© τhε-ωάκαr ΒHατταrαι
╰╮© दिवाकर भट्टराई╰╮
दिवाकर भट्टराई
दमौली, तनहुँ
