Skip to content

यथार्थता

SunilKafle


मन मस्तिष्कलाई आज आराम रोजिरहेछु
म को हुँ ? के काम हो मेरो ? भनी सोचिरहेछु

कयौं रात सँगै आधा जिन्दगी बितिसक्दा
अपरिचित यो शहरमा पहिचान खोजिरहेछु

सबेरै उठ्नु भगवान् नाम जप्दै आमैले भने झै
घाम झुल्केको पत्तै नपाई काम बोलिरहेछु

न गुरु न पिता न कोही आफन्तै यहाँ
रोगी बनेर ममताको कठिनाइ मोलिरहेछु

लगाइयो आरोप त्यसै संस्कार भुल्यो भनी
कस्ले बुझ्यो ब्यथा मनोहर्को म सोधिरहेछु
म को हुँ ? के काम हो मेरो ? भनी सोचिरहेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *