Skip to content

झट्पट आट्दिन काम

  • by


झट्पट आट्दिन काम, भुल हुन्छ कि !
छिट्टै झर्ने बास्नादार, फुल हुन्छ कि !

दुई आत्माको मेल, बनाउने कोसिस हो
गंतब्यबिहिन यात्राको, पुल हुन्छ कि !

दुई चार थोपा आँसु, झार्न जस्ले सक्छ
धमिलो खोलिको स्रोत, मूल हुन्छ कि !

प्रचार गर्नु छैन, बिना मुल्य कसैको
सौचालयमा टाँसीएको, तुल हुन्छ कि !

कठाङ्ग्रिदो जाडो अझै, कति खेप्नु मैले
पुष माघमा टाँगिएको, झुल हुन्छ कि !

© τhε-ωάκαr ΒHατταrαι
╰╮© दिवाकर भट्टराई╰╮

दिवाकर भट्टराई
गजरकोट 04, पुट्टार, तनहुँ
हाल : दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *