Skip to content

तीन मुक्तक (कालो बादलमा, संग्लो पानी, आफू रोएर)


(१)
कालो बादलमा चाँदीको घेरा हुन्छ रे
समयको सदुपयोग नगरे खेरा हुन्छ रे
असम्भवताको बिचमा पनि साँच्चै
सम्भवताको सुन्दर सुन्दर डेरा हुन्छ रे

(२)
संग्लो पानी धमिलाउन नखोज
यता उत्ति गर्दै अलमलाउन नखोज
हत्केलाले सूर्यको उज्यालो छोपेर
अध्यारो सम्झी सलबलाउन नखोज

(३)
आफू रोएर अरूलाई हँसाउनु पर्छ हेर
सुन्दर फूलझै चारैतिर बसाउनु पर्छ हेर
आफुले छोडेर अरूलाई राहत हुन्छ भने
टुक्रिएको मनलाई पनि रसाउनु पर्छ हेर

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *