मेरो जीवनको गोरेटो सिधा नै थियो
सयौँ घुम्ति मेरा लागि तिम्ले बनाएर गयौ
देखाएर बनावटी माया जालमा फसाई
जिन्दगीलाई घुर्रा जसरी घुमाएर गयौ
एक अर्कामा माया प्रेम बढ्दै ग्एको बेला
विश्वासको कसिलो बंन्घन फुकाएर गयौ
निर्दयि रैछौ राक्षसको रुप धारणा गर्ने
सर्पै सर्पको माझमा छाडि डसाएर गयौ
बाठि तिमी घेरै गल्ती आफ्नो छुपाउनलाई
जिउदो लास जस्तै पारेर सुताएर गयौ
धन्य रैछौ तिमी लाखौ लाख शुभकामना
उम्कनै नसक्ने खाल्डो भित्र फसाएर गयौ
