धनी गरिब छुट्याउने सामन्तिको पुलमा गा’छौ ।
आडम्बरी खोक्रो सान निभाउने भुलमा गा’छौ ।
सिसमहलकी रानी हुदाँ सुनै सुनले छापिया’थ्यौ
सौन्दर्यकी खानी भई चित्रकारको तुलमा गा’छौ ।
बढ्दो सान पायौं मान मायाको त्यो गला रेटी
खुसी छौ नि आज तिमी इज्तदारी कुलमा गा’छौ।
खाने बस्ने समय सुन्छु मिल्ने गरी राख्या छौं रे
औंले हिसाब बिर्स्यौ कि गणितीय रुलमा गा’छौ।
प्यास लाग्दा तड्पिएर छट्पटाउँदै तिर्खा मेट्न
फेरी किन धायौं कुवा भने जस्तो मुलमा गा’छौ । ……….दर्पण
