आफैँ परिबेशमा अल्झिरहे झै
दु:खको सागरमा पौडनु को पीडा,
आफैँ संगेलिरहेछु
म बुद्ध हुन नसकेर
बेहोरिरहेछु, यी पीडाहरू
यी यादहरू,
यी ताडनहरू
शरीराका भोगीय इच्छामा
म गुजुल्टिरहेछु
र म, फुकाउन खोज्छु
यी दु:खका चाहहरू
यी दु:खका बाहनहरू !
अल्झदै छ किन होला
आफैं बिस्मयमा,
जिन्दगी ! रोइदिन्छ !
इच्छाहरूमा गुजुल्टिएर
अल्झिदै छ,
जाल्मा परेको माछो भएर
शक्तिहिन !
जिन्दगी, आफैँमा, अल्झिरहेछ
अल्झिरहेछ !
अल्झिरहेछ !
First published in Majheri on : 2013-01-23 00:17:02 +0900
