अबोधताभरि-भरि मन
छरिएर छरपष्ट भै रहेछ
बिबेक् शुन्य हृदय पलाउने आशमा,
बर्बराइरहेछ !
मृगतृष्णामा, म हराइरहेछु,
सम्झेर बैगुन मान्छे !
हृदय खप्टन् पाएन
सामिप्य भेटन पाएन
दुष्ट ईच्छाले
बौरिन्न कि जिन्दगी
पलाउन्न कि जिन्दगी
जराहरू मरिसकेछ
हाङाहरू सुकिसकेछ
न पाई प्रेम् रुपी पानी
पातहरू झरिसकेछ !
मुटु छुटिसकेको छ, अब धडकन्न्
स्वर भत्किएको छ,
अब बोली फुट्दैन !
समयहरू बतासिएर
जीवन अबोध भै सकेछ
जीवन दुर्बोध भै सकेछ
अब पलाउन्न मुनाहरू
सुरमय बन्दैन् जीवन
बन्धक् छ
बाँधिएको छ
बिभक्त्त ! बिभक्त्त
यो, जिन्दगी !
