Skip to content

आयो आयो बसन्त नि तिमी हाँस्दा आज


डाँफे, मुनाल, मयुर, हेर नाँच्दा आज
आयो आयो बसन्त नि तिमी हाँस्दा आज

डाँडा पाखा पहरामा लुकी खेल्दा खेरी
छहराले सुसाउँदै भन्छ तिमी मेरी
कोइलीले भाका हाली मित गाँस्दा आज
आयो आयो बसन्त नि तिमी हाँस्दा आज

घाम जुन उदाई पहिले तिम्लाई रोज्दा
बादल पनि मडारिदै जल छर्ने खोज्दा
खोट छैन तिमीमा प्रकृतिले जाँच्दा आज
आयो आयो बसन्त नि तिमी हाँस्दा आज

डाँफे, मुनाल, मयुर, हेर नाँच्दा आज
आयो आयो बसन्त नि तिमी हाँस्दा आज ………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *