वसन्तमै ओइलाएर झरेजस्तै जीवन मेरो
विधाताले अन्याय पो गरेजस्तै जीवन मेरो
हेर्दाहेर्दै समयले खेद्न थाल्यो मलाइ फेरी
आज होकि भोलि केथा भरेजस्तै जीवन मेरो
ओठमा छ मुस्कान अनि हृदयमा छ पीडा
फुल्नै नपाइ कोपिलामै हरे जस्तै जीवन मेरो
मानिसलाइ बाच्ने कति धेरै इच्छा हुदोरैछ
फेरी एक निमेषमै टरे जस्तै जीवन मेरो
रिस राग उमङ्ग सबै किन छैन मनमा आज
कोलाहलबाट शुन्यतामा झरेजस्तै जीवन मेरो
