शहिद
तिम्रा मार्गहरू पहिल्याउने क्रममा
थाहै नपाई हामीले बाटो बिर्सेछौ ।
अन्यायको विरुद्धमा लागिप–र्यौ तिमी अन्तिम सास छँदापनि
तर हामी चाहिँ
अन्यायको विरुद्घ लड्डा लड्डै आफै अन्याय गर्ने भएछौँ ।
परिवर्तनको नाममा तिमीले पनि बगाएकै हौ रगतहरू
हामी पनि बगाउँदै छौं त्यस्तै त्यस्तै , फरक यति
तिमी आफू मर्न तयार हुन्थ्यौ हामी त मार्न मात्र
तिमी देश र जनताको लागि लड्यौ
हामी आ–आफ्नो लागि लड्दै छौं
तिमी देश जोड्नको लागि लड्यौ
हामी तोड्नको लागि लड्दै छौं ।
परिवर्तन त आएकै हो शहिद,
तर,
तिमीले देखेको, सोचेको अनि चाहेको भन्दा
फरक नितान्त फरक
अनि नयाँ नेपाल तिम्रो सपना विपरीत ।
सतिस

Paribartanko namma timle pani
Paribartanko namma timle pani bacayekai hau ragatharu hunuparnema haun bho hai