सोच्दै जान्छु
भित्र भित्रै खोज्दै जान्छु
मनका भावनासँगै खेल्दै
केवल कविताको लागि
छ छल्किदै किनारतर्फ
बढेका शब्दहरू संगाल्दै
अगाडि बढ्दै छु म किनारै किनार
परिआएका स्थिति अंगाल्दै
जिन्दगिका तिता मिठा अनुभव
सादा पन्नामा उतारदैछु
केवल कविताको लागि
उसको मन्द मुस्कान सम्झदै
जति लेख्दै जान्छु
उसको पुर्ण स्वरुप हुदै जान्छ
अन्त्य सम्ममा जँहा टुंगिनछ
अनि देख्द छु त्यँहा एक
छायाँ जसले मेरो अनुहारमा
हाँसो ल्याउन सफल भैरहन्छ
लाग्छ अपुरो कविताको महत्व छैन
त्यसैले मेरो कोषिश पनि कम छैन
यति धेरै प्रयत्न मेरो
पुरा गर्नलाई साथ पनि छाड्ने छैन
केवल कविताको लागि! हो कविताको लागि ।
