रात बित्दै थियो
दियो जल्दै थियो
झल्यास्स ब्यूँझिएछ
मन डढ्दै थियो
एकाग्रतामा बसे
मुटु चल्दै थियो
छहारीको आडैमा
विम्ब छल्दै थियो
कृपा गर भगवान
मानव बोल्दै थियो
निदरीमा बौलाउछ
छिमेक भन्दै थियो
कपोरकल्पित बखान
सपनी ठान्दै थियो
© τhε-ωάκαr ΒHατταrαι
╰╮© दिवाकर भट्टराई╰╮
