माटोका लागि,पसिना दाता,मुल हुन् सहिद!
अजर दसी,राष्ट्रिय थुँगा,फूल हुन् सहिद!
दु:खको खाडल् देशको पुर्न आफू चै मरेर
सागर माथी,जनता तार्ने,पुल हुन् सहिद !
के दिन सक्छौ? देशको लागि,नसोध मलाई
तयार छु म, अर्पन ज्यान, कुल हुन् सहिद !
चन्द्र र सुर्य, ध्वजा यो संगै,टागियो धर्तीमा
हेरेर शीर, झुकिने तल, तुल हुन् सहिद!
-बुद्धि मोक्तान
