Skip to content

एउटै काटीले सिङ्गो शरीर जलाउने गर्छु म


एउटै काटीले सिङ्गो शरीर जलाउने गर्छु म
सम्झी तिमी आफ्नो कलम चलाउने गर्छु म

नजर त केवल तिमीमा नै दौडिरहेको हुन्छ
तैपनि तिमीसँग आँखा छलाउने गर्छु म

मलाई लेख्न सिकाउने तिमी प्रेरणा हौ
उर्जा तिमी कलमलाई सलबलाउने गर्छु म

तिम्रो ओठ गुलाब झै स्पर्श मात्र दिए
मुर्छित हुदा चेष्टा भइ चलबलाउने गर्छु म

पात्रहरु तिमीसामु नतमस्तक भई दिदा
मनलाई केवल तिमीसँगै बहलाउने गर्छु म

Leave a Reply

Your email address will not be published. Required fields are marked *