साथीहरू माझ तिम्रो बात कति कति
तिमीलाई थाम्न खोज्ने हात कति कति
पूर्णिमाको जून भई तिमी उदाइछौ
आधी चन्द्र भएको त्यो रात कति कति
रक्सी पनि तिम्रो सामु फिका देखे मैले
तिमी सामु हुँदाको त्यो मात कति कति
केवल तिमी पाउने त्यो तृष्णा गर्दाखेरी
साथीहरू बीच हुने घात कति कति
जता हेरे सुन्दर त्यो तिमी देख्छु मैले
गुलाव बीच झ्याम्मिने त्यो पात कति कति
संसारसँग लड्न त तिमी काफी रैछौ
तिमी रोज्दा छोड्नुपर्ने साथ कति कति
