Skip to content

गजल (संविधानका ती ब्यापारी)


उता हेर संविधानका ती ब्यापारी आए
जनताका प्रतिनीधि अत्याचारी आए

लेख्नेलाई जिउदै गाड्ने लोकतन्त्र भन्दै
काटी कुटी श्रीतीन कै अबतारी आए

भोका नाङ्गा जनताको तस्वीर देखाएर
दुनियाँ सामु मागी खाने ती भिखारी आए

सुरक्षाको घेराभित्र मरिने पो हो कि
मन्त्रीज्युका अघि-पछि बन्दुकधारी आए

चिन्छौ पक्कै नेपाल आमा आँखा खोली हेर
तिम्रो इज्जत लुट्ने तिनै बलत्कारी आए

नोट= श्री३ भनेको राणा प्रधान मन्त्री

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

1 thought on “गजल (संविधानका ती ब्यापारी)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *