मनको नाता चुडाएर
तिमी टाढा गइहाल्यौ ।
हेर्दा हेर्दै आँखाबाट
तिमी ओझेल भइहाल्यौ ।।१।।
तिमी खुसी छौं रे सुन्छु
बेग्लै संसार सजाएर,
हाँसी हाँसी हिड्दै छौ रे
बन्धन हाम्रो फुकाएर ।।२।।
विर्सी चोखो माया मेरो
साट्टी अन्तै लाइहाल्यौ,
हेर्दा हेर्दै आँखाबाट
तिमी ओझेल भइहाल्यौ ।।३।।
मेरा सारा इच्छा आकांक्षा
तिमी संग संगै गए,
तिमीले दिएका दुःख पीडा
मात्रै यहि मुटुमा रहे ।।४।।
रचेका ती प्रितका गीत
खोजी साथी गाइहाल्यौ,
हेर्दा हेर्दै आँखाबाट
तिमी ओझेल भइहाल्यौ ।।५।।
तिमी संगै बाँच्ने रहर
आज सारा रहर भो,
म डुल्ने मसान घाट
तिमी डुल्ने सहर भो ।।६।।
तन मन धन भाको
छानी माया लाइहाल्यौ,
हेर्दा हेर्दै आँखाबाट
तिमी ओझेल भइहाल्यौ।।७।।
मनको नाता चुडाएर
तिमी टाढा गइहाल्यौ ।
हेर्दा हेर्दै आँखाबाट
तिमी ओझेल भइहाल्यौ………दर्पण
