के छर जिन्दगीमा टहल्नु सिवाय
अरु सामु हुदा उनी जल्नु सिवाय
मेरै साथ त छिन नि उनी भन्दै
आफूले नै आफूलाई छल्नु सिवाय
संघारमा बिहान बनी उनी आउँदा
साझको त्यो सूर्यजस्तै ढल्नु सिवाय
तिमी रैछौ मेरो मुटु भनेर ठानी
धड्कन बनी मुटुको त्यो चल्नु सिवाय
मायाको त्यो मङ्गलदीप सजाउँछु भनी
खरानी झै ध्वस्त भई बल्नु सिवाय
