Skip to content


समय पन्छी हो खुल्ला यसको बन्धन
बाँधेर बाँधिदैन हिंड्छ हरप्रहर
दिनरातको पंख सेतो कालो
चालेर आकासैमा उँड्छ हरप्रहर

समय पंछीलाई बाँध्छु म भन्ने
पिंजडामा थुनिराख्छु म भन्ने
हेर ती सबै कहाँ पुगे
समयको छालसँगै डुबे

समयले कति छातीलाई चिर्यो
छिया छिया पारी छातीलाई चिर्यो
घाउ तर जति हुन्छ
समयले नै पुरिदिन्छ

शब्द, स्वर – डेनी डेन्जोङ्पा
संगीत – रनजीत गजमेर
चलचित्र – तृष्णा

Leave a Reply

Your email address will not be published. Required fields are marked *