Skip to content

तिम्रो मात कसरी भयो ?


मातहरू हजारौं भएपनि
तिमी मरेका छैनौं ।
यो समाज साह्रो सभ्य छ अरे !
तिमी पनि त साथी,
असभ्य भएका छैनौं ।
तिमी सूर्य नियाल्दै छौ,
चाँदनीको शीतलताभित्र डुबिरहेछौ,
विचारमग्न छौ ।
अनि तिम्रो मात कसरी भयो-
जब,
तिमी अझै पनि मरेका छैनौं ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *