Skip to content


यहाँ द्यौताको अनुहार चोइटिरहेछन्
चामल र पैसाको प्रहारले,
यहाँ कसैको अस्तित्व चोइटिरहेछन्
धनको प्रभावले,
यहाँ ढुङ्गाहरु चोइदिरहेछन्
घाम र पानीको प्रहारले,
यहाँ दिनको अस्तित्व चोइटिन्छ
रातको आगमनले ।

यहाँ मानवत्व चोइटिरहेछ
फेशनको प्रहारले,
यहाँ पेट चोइटिरहेछ
खान नपाएर कतिले,
यहाँ हृदय चोइटिदिन्छ
पीडित आँशुका अश्रु धाराले,
यहाँ प्रत्येकको जिन्दगी चोइटिरहेछ
दुःख र व्यथाले,
यहाँ संसारनै चोइटिरहेछ
मानवका युद्धले ।

-नयाँ आवाज साप्ताहिक
२०४३ माघ २६ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *