Skip to content


म सोध्छु वतासलाई, कहीं मेरा फूलहरू
उसले चुर्डाई दियो कि ?
म सोध्छु आकाशलाई, कहीं मेरा उजेली
उसले खोजी दियो कि ?

साँझ जब इन्दै मुस्कुराउँछ
उसलाई नै सोध्ने गर्छु
जब प्रभात जन्मन्छ
उसलाई नै शंका गर्छु
म सोध्छु वतासलाई…. ।

जब सोध्छु ब्यूझन्छ
वन वन उड्ने चरीलाई
जब खोज्छु आँखा भरी
फेरि आउने वर्षात्लाई
म सोध्छु वतासलाई….. ।

-जन्मभूमि साप्ताहिक २०४५ जेठ २३ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *