Skip to content

तिम्ले छोयौ धड्कन तेजले चलेको छ आज


तिम्ले छोयौ धड्कन तेजले, चलेको छ आज
तिमी छौ र अङ्ग-अङ्ग, बलेको छ आज ।

चुम्बक झैं खिच्न खोज्छ्यौ, टाढा हुदाँ म नि
कस्तो माया तिम्रो मनमा, पलेको छ आज ।

तिम्रो औंला जब ममा, सर्बराउँदै उठ्छन्
भित्रै ताप उठी शरिर, गलेको छ आज ।

दुई दिने आर्कषण, जवानीको तिम्रो
टिप्न गाहो अप्ठ्यारोमा, फलेको छ आज ।

घाईते पार्ने नजर पनि, धिपधिपाउँदै गो
खोटो भाग्य मुढो सरी, ढलेको छ आज ।। …….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *