Skip to content

सरस्वती पुकार सुनिदेऊ (सरस्वतीपूजा बिशेष)

  • by


सरस्वती पुकार सुनिदेऊ, अज्ञानता बढ्दो छ
देशका जवान विदेशिए, सुन्यता बढ्दो छ

कला संगीत सहित्यको, देवी समान हौ
जन-जनको उमंगमा, मौनता बढ्दो छ

भौतिक प्रगतिका श्रेय, बुदिमताकी धनी छौ
अनुसरण नगर्नेलाई, कौतुहलता बढ्दो छ

तिम्रै भक्ति गाथाहरू, गुनगुनाई रहन पाऊँ
परम्परागत आस्थाले, सचेतता बढ्दो छ

आध्यात्मिक उपचार, बाणीबाट सिमित छ
साधना बिधिको बेग्लै, लचकता बढ्दो छ

© दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *