Skip to content

सक्दिन म भुल्नलाई

  • by


सक्दिन म भुल्नलाई, हृदयमा बसेपछि
बिषरुपी सर्प जस्तै, हरक्षणमा डसेपछि

आँखाहरू रसाँउछ, बेदनामा छाती दुख्दा
बिझ्ने कसिङ्गर बनी, नानीमा पसेपछि

अगाध माया दिएको, भुल्दिन अतितहरू
निलडाम हुदासम्म, चाहनामा फसेपछि

प्रेममा दुईधुर्ब भई, पीडा कतिन्जेल खै
गिर्दो समाजको झुटो, नजरमा खसेपछि

दिनरात तिम्रै अभाब,सधैभरि खेपिराछु
लुकाउछु सबै दर्द, प्रेमगाँठोमा कसेपछि

© दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *