प्रेम गर्नुको परिणाम्, फस्नेछौ तिमी
चल्छ धोकाको अभियान्, फस्नेछौ तिमी
धेरै नजिक् भए सकिन्छौ आफ्नैबाट
छैनन् कुनै नि समाधान्, फस्नेछौ तिमी
आज जस्लाई टेकाई माथि पुर्याऊ
पाउछौ तिन्कै अपमान्, फस्नेछौ तिमी
साथ्को आशा, भए मन्मा मेटाइहाल
सुन्नेछौ सब्का राम् राम्, फस्नेछौ तिमी
हम-काफियामा लेखेको छु गल्ती भए माफ गर्नु होला
