Skip to content


मन्थन्का कुरा गर्यौ, म उन्को, गन्थन्ले मरेको छु
हरेक मिलनको मागमा, सधै म ढलेको छु
उठन खोजेथें के, बचनका मारले टुटेछु म,
भनौं के, मृत छु, तरै पनि बाचेकै छु

समुद्रका छायाँमा, मनका डुङा खियाउदै
जीवनका अङिन्त गीत, जब, म गाउँछु
बज्छ मादल गगनमा, तरङ्ले रमाउछु
सर्ब्त्र छ जीवन, जब गीत म, गुङुनाउछु ।

यी किरणहरू उषाका, छरिएछ तिमीमा सबै
रुपको बैभब, पाईन, मैले अन्त कतै
भेटें पास तिमीमा, उच्छावास, मेरा, ती सबै
फक्रिय फूल, तिर्सनामा, गीतका छविमा अबै

मन् चिरेर दियछु, भयछु घायल किन
कतै शुन्यमा छु कि, सुनेछु त्यो, पायल किन
हर बातका छन, बिर्सेर तलास किन
हराउछु, हराउदै छु, पाउने आश किन ?

मेरा रातका रहर, मेरा बातका रहर
पालेको छु, कत्ति, न चिताएको रहर
तिमी सङ्को रहर अरु सङ्को रहर
बताउ के, रुख्खो छ अब सब अधर
तर पनि बडछ, मन रहरकै नया नगर
ज्यान सङै छुटछ कि ? यी अब मेरा रहर

नजरका कुरा गरी, मन्लाई पीडा किन
साँटिएन हृदय किन, पाएर पीडा किन
उमङको बासमा, हराउछौ कि कतै
लुकाएर मन्मा सबै पीडा, मुस्काउछौ कि कतै

Leave a Reply

Your email address will not be published. Required fields are marked *