Skip to content

खाऊ है खाऊ देश मिलेर खाऊ


नखाऊ भन्दा रिस उठ्ला मिलाएर खाऊ
खाऊ है नेता हो देश मिलेर खाऊ
गाउ गाउमा झगडा लगाई देश मिलेर खाऊ
झगडा को प्याकेज बाड्दै देश मिलेर खाऊ
जात बिभाजन गरेर देश तोडेर खाऊ
पहाड मधेश नापेर देश तौलेर खाऊ
नागरिकताको निहुमा देश बेचेर खाऊ
जंगे पिलर ढालेर सिमाना मिलाएर खाऊ
खाँदा खाँदा कति खान्छौ सबै मिलेर खाऊ

धर्मका नाममा आहुति लगाएर खाऊ
जातको नाममा बिभाजन गरेर खाऊ
जहाजको त्यसको पखेटा उखेलेर खाऊ
आयलनिगमको नाममा पानी बेचेर खाऊ
खाद्य संस्थानको नाममा भोक बेचेर खाऊ
यातायातको नाममा बाटो भत्काएर खाऊ
सुरक्षाको नाममा अपहरण गरेर खाऊ
जनता बढ्ता बोले भने गोली पड्काएर खाऊ
कति खान्छौ खाऊ डकार आउन्जेल खाऊ
कसैले औला ठड्याए त्यसलाई नै खाऊ
खाऊ नेता हो खाऊ देश मिलेर खाऊ

कति खान्छौ खाऊ डकार आउन्जेल खाऊ
गिद्धले सिनु खाए जस्तै खाऊ
स्यालले शिकार खाए जस्तै खाऊ
कुकुरले को नि के …खाए जस्तै खाऊ
नखाऊभन्दा रिसाउला देश मिलेर खाऊ
मेची खाऊ काली खाऊ जति सक्छौ मिलेर खाऊ
नखाऊ भन्दा रिसाउला देश मिलेर खाऊ

कसैले तिम्रो विरोध गरे त्यसको उठिबास लगाऊ
कसैले औला देखाए त्यसको औला भाँचीदेउ
कसैले साँचो बोल्छ भने त्यसको बोली बन्द गराऊ
कति खान्छौ खाऊ डकार आउन्जेल खाऊ
नखाऊभन्दा रिसाउला देश मिलेर खाऊ

दैवीप्रकोप आउदा त्यसलाई मिलाएर खाऊ
बाढी आउदा आएको सहयोग मिलेर खाऊ
हैजा लाग्दा मर्नेहरूको दबाई बेचेर खाऊ
अबत के नै बाँकी राख्यौ र सबै मिलाएर खाऊ
खान चैं नछोड नी देश मिलाएर खाऊ
नखाऊभन्दा रिसाउला देश मिलाएर खाऊ
कति खान मन लाग्छ देश मिलाएर खाऊ
जनता तिम्रा साक्षी छन् मिलाएर खाऊ

झण्डाको नाममा खाऊ पार्टीको नाममा खाऊ
सालीको नाममा खाऊ ज्वाईको नाममा खाऊ
दरबारको नाममा खाऊ नया दरबारको नाममा खाऊ
गुण्डा पालेर खाऊ दादा पालेर खाऊ
कति खान्छौ खाऊ देश मिलाएर खाऊ
नखाऊ भन्दा रिसाउला देश मिलेर खाऊ

बाहिर झगडा देखाएर भित्र मिलेर खाऊ
जनतालाई भिडाएर देश मिलेर खाऊ
खाँदा खाँदा कति खान्छौ होश गरेर खाऊ
तिम्रा यी दासहरू तिम्रै चाकरीमा छन् तिमी मजाले खाऊ
तिम्रा चम्चाहरू बज्दैछन लाइन मिलाएर खाऊ
नखाऊ नभन्दा रिसाउला देश मिलाएर खाऊ
भोको जुकाले रगत खाए झैं खाऊ
उडुस र उपियाँले खाए जसरि खाऊ
खाऊ है खाऊ देश मिलेर खाऊ
त्यो तिम्रो भुडी पड्केला होस् गरेर खाऊ
खाँदा खाँदा कति खान्छौ होश गरेर खाऊ
कति खान्छौ खाई राख डकार आउन्जेल खाऊ
नखाऊभन्दा रिसाउला देश मिलाएर खाऊ
नखाऊ भन्दा रिसाउला देश मिलेर खाऊ !!
गुदपाक खाए जस्तै खाऊ
मम खाए जस्तै गरी खाऊ
नखाऊ भन्दा रिसाउला
खाऊ है खाऊ मिलाएर खाऊ
नखाऊ भन्दा रिसाउला
मिलाई मिलाई खाऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *