सुटुक्क आई दिलमा पसेर जान्छे ऊ
प्रेमको बात गर्दै नजिक बसेर जान्छे ऊ
आगमनले उनको पग्लिन्छ तातेर लाभाहरू
समिप आई अंगालोमै कसेर जान्छे ऊ
हार खाई बिवस भई जोवन सुम्पिदिदा
गुलाबी त्यहो ओठ शरीरमा घसेर जान्छे ऊ
इच्छा पनि उसको कहिले पुरा नहुने
नागझै बिछौनामा हर रात डसेर जान्छे ऊ
भालेको डाक सँगै बा-आमा ब्यूँझिदा
ढोका छोडी झ्यालैबाट खसेर जान्छे ऊ
