आफ्नो ज्यानभन्दा ठूलो होईन दाम
बढ्यो होला गर्मी गर्नु जोगाई काम
लिनु साथमा पानी पिउनु प्यास लाग्दा
मरुभूमिमा चर्की चर्की आउदा घाम
चिन्ता लाछा साह्रै, देख्छु नराम्रो सपना
जागी काट्छ रात, जप्दै रामको नाम
सम्पर्क राख्नु सँधै, गाउघरको साथीहरू
बचाई ज्यान एक, अर्काको चल्नु लगाम
दिनभरि खटिएर, चर्को घाम र हावामा
नपिउनु दारु नसा, सँधै बिहीबार साँम
बिराही लामा
लम्जुङ्ग, सिम्पानी -९
बगैचा
हाल -साउदी हाईल
