Skip to content

धर्ती हेरेर आकाश पनि,किन रुन्छ होला


धर्ती हेरेर आकाश पनि, किन रुन्छ होला
चोखो प्रेममा घात मात्र, किन हुन्छ होला

सँगै जिउने सँगै मर्ने, सपनाहरू देखाउने
प्रियसीले फेरि अर्कै, संसार किन चुन्छ होला

गहिराईमा डुब्दै जादा, समिप्यमा हराउदा
निस्ठुरिको तिर्सनामा, सपना किन बुन्छ होला

खसालेर नयनबाट, आसुका ती धाराहरू
हेर्दै तस्बिर रुदै किन, घरि-घरि छुन्छ होला

नसकेर भुल्नलाई, बितेका ती दिनहहरू
खसालेर आसुधारा, मुहार किन धुन्छ होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *