जागिर खाई कति गर्नु
हाकिम तिम्रो चाकरी
स्वाभिमान गुमाउने
कस्तो रैछ यो नोकरी ।।१।।
बा आमालाई रोगले च्यापी
झन झन भयो साहो ।
लालाबाला भोकै मेरा
घरमा छाक टार्न गाहो ।।२।।
महिनौं दिन विति सक्दा
हातमा खाली टोकरी
स्वाभिमान गुमाउने
कस्तो रैछ यो नोकरी ।।३।।
राष्ट्र प्रति बफादारी
बनिरहेँ सधैभरी
देशले मेरा मर्म पनि
बुझेन नि कसैगरी ।।४।।
कहिले काँही सोच्ने गर्छु
बरु राम्रो है बेकारी
स्वाभिमान गुमाउने
कस्तो रैछ यो नोकरी ।।५।।
भ्रष्ट्र हुदाँ दुईचार
सबको नाम खराब भो
दुनियाँले दाग धर्रछन्
जिन्दगी नै धराप भो ।।६।।
दिनदिनै कति हिड्नु
भगवान नै पुकारी
स्वाभिमान गुमाउने
कस्तो रैछ यो नोकरी ।।७।।
जागिर खाई कति गर्नु
हाकिम तिम्रो चाकरी
स्वाभिमान गुमाउने
कस्तो रैछ यो नोकरी ।……….दर्पण
