Skip to content

भित्रभित्रै पोल्यो शरिर


भित्रभित्रै पोल्यो शरिर, हात खुट्टा गलेपछि
तिम्रो धेरै याद आयो, जोवन् यसै ढलेपछि

माथि बसी नमाग है, दिर्घायुको बर अझै,
समयले तिम्रो मेरो, सँगै साथ छलेपछि

एकान्तनै साथी भै गो, पीडा बाड्ने खुल्ला धर्ती
बैरी बनी आफन्तको, लौरो टेकी चलेपछि

जब हेर्छु धर्तीबाट, खुल्ला त्यही आकाशमाथि
गह भिज्छ मुस्कुराउँदै, चम्की तारा बलेपछि

साथी भन्थ्यौ बुढ्यौलीको, एक्लै पारी छोडी गयौ
चेत आयो तिम्रो लाश, मुढोमाथि जलेपछि । ……..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *