सारै गारो छ है साथी डलर बनाउन
सारै गारो छ है साथी डलर कमाउन
लटरम्म फले जस्तो सम्झेर पो होला
२/४ हजार पठा भन्दै फोन गर्छौ तिमी
साच्चै गारो छ है साथी डलर कमाउन
बोट हुन् डलर को टिप्न पाइदैन
त्यसको मूल्यभन्दा चर्को श्रम बेच्नु पर्छ
साच्चै सारो छ है साथी डलर कमाउन
मनI अर्डर गर्दे भन्छौ फोन उठाउदा
मनI अर्डर जाने बाटो टाढा छ है साथी
ज्यानको बाजी लगाएर तलव थाप्नु पर्छ
खुट्टा सबै दुखाएर काम गर्नु पर्छ
राति दिउसो केही हुन्न सबै एकै हुन्छ
निदरा लाग्दा सुत्ने होइन कामगर्नु पर्छ
सुत्ने बेला घाम लाग्छ निद्रा भेटिदैन
आमा बालाई नभन्देऊ है पिर मान्नु हुन्छ
साच्चै सारो छ है साथी डलर कमाउन
साच्चै गारो छ है साथी त्यसलाई बचाउन
अर्जुन को गाण्डिवभन्दा भारी छ है त्यो त
पाञ्चजन्य शंखभन्दा गारो छ है पाउन
दुर्योधनको गदाभन्दा भारी छ है बोक्न
युधिष्ठिरको सत्यभन्दा दुर्लभ छ है भेट्न
सारै गारो छ है साथी डलर कमाउन
साच्चै गारो छ है साथी त्यसलाई बचाउन
क्यलिफोर्निया अमेरिका
