Skip to content

गुम्सिएर सधैंभरि नबस है नारी


गुम्सिएर सधैंभरि नबस है नारी
आफनै नजरबाट नखस है नारी

एउटीको प्रगतिमा अर्की रमाऔं
व्यर्थको लालचमा नफस है नारी

स्नेहको मलम लगाऔं परपीडामा
तिरस्कारको तिखो छुरा नधस है नारी

सबै मिली गाऔं अब उनमुक्तिको गीत
कुप्रथाको गलपासो नकस है नारी ।

पूर्वशन्देस २०६२-१२-१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *